पोखराको विभिन्न स्थानबाट ५ जना लागूऔषधसहित प्रकाउ

पाेखरा | पुस १, २०८०

पोखराको विभिन्न स्थानबाट ५ जना लागूऔषधसहित प्रकाउ

पोखरा:  पोखराको विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले आज पोखराको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई प्रकाउ गरेको हो । 


प्रहरीले चितवनको रत्ननगर–९ स्थायी घर भएर पोखरा महानगरपालिका–६ जरेबर बस्ने २७ वर्षीय सन्दिप श्रेष्ठको कोठाबाट १ किलो लागूऔषध गाँजाको धुलो जस्तो देखिने (पोल्यान) र पोखरा १७ ड्यामसाईड बस्ने २१ वर्षीय बिजन सापकोटाको साथबाट ८० मिलिग्राम ब्राउन सुगर जस्तै देखिने पदार्थ सहित प्रकाउ गरेको हो । 


यस्तै  पोखरा रंगशाला गेट अगाडी रहेको खाजा घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा खाजा घरका सञ्चालक ४९ वर्षीय देवीमाया गुरुङलाई लुकाईछिपाई राखेको १ किलो २ सय ८० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थ र ८७ हजार ४ सय ३५ रुपैयाँसहित प्रहरीले प्रकाउ गरेको हो । 


प्रहरीले पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार पोखरा–८ बगालेटोल बस्ने २३ वर्षीय राजन कुँवर र पोखरा–९ न्यूरोड बस्ने ३३ वर्षीय बिष्णु कुँवरको साथबाट डाईजापाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरेर १२० एम्पुल लागूऔषधसहित नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । 


लागूऔषधसहित प्रकाउ परेका पाँचै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्